वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा ९०.४३ प्रतिशतले घट्यो |
काठमाडौं । वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ३२ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा ९० दशमलव ४३ प्रतिशतले घटेको हो । अघिल्लो आवको सोहिअवधिमा नाफा ३ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
२६ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा २३ करोड रुपैयाँ नेगेटिभमा राखेको छ । जसले निक्षेपमा ७ करोड ४४ लाख रुपैयाँ संकलन गरी कर्जामा १७ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । यस फाइनान्सले निक्षेप तथा कर्जा दुबै घटाएको छ ।
त्यस्तै खुद व्याज आम्दानी ९० दशमलव १२ प्रतिशतले घटेर २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले गर्दा खुद मुनाफामा अत्याधिक प्रभाव देखिएको छ ।
फाइनान्सको निष्कृय कर्जा १ सय प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ८९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २५ दशमलव ६७ गुणा, प्रतिशेयर नेटवर्थ १३ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात १ दशमलव ७६ प्रतिशत रहेको छ ।