हकप्रद सेयर जारी गर्न लागेको आँखुखोला जलविद्युतकोले निकाल्यो यस्तो वित्तीय विवरण

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आँखुखोला जलविद्युत कम्पनीले ४४ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २ करोड ४८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको र प्रशासनिक खर्च बढेकाले कम्पनीले नोक्सानी व्योहोर्न परेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २२ करोड २९ लाख ८२ हजार रुपैयाँ कमाएकोमा गत वर्ष यस्तो आम्दानी १९ करोड २२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । पानी पर्न कम भएको र नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादनमा प्रतिबन्ध लगाएका कारण विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ ।
गत वर्ष प्रशासनिक खर्च २० लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रशासनिक खर्च ८८ लाख ७९ हजार रुपैयाँ थियो । असार मसान्तसम्म कर्मचारी खर्च, टर्बाइन मर्मतलगायतका खर्च बढेकाले प्रशासनिक खर्च बढेको वित्तीय विवरणमा उल्लेख छ ।
असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी ५६ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ ६१ पैसा छ । चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । यसको १५०% हकप्रद सेयर जारी गर्न यस कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।