मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरे पछि प्रभु इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स (PRIN) को शेयर कारोबार रोक्का गरेको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै कम्पनीको शेयर कारोबार नेप्से रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्रको मूल्य प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर कम्पनीले त्यस्तो सूचना समयमै कम्पनीले समयमा जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनी सञ्चालक समितिको असार २७ गते बसेको बैठकले हकप्रद निष्काशन सम्बन्धी निर्णय गरे पनि त्यसको जानकारी साउन ४ गते मात्रै जानकारी गराएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीको शेयर कारोबार रोक्का गर्दै कम्पनीले तीन दिन भित्र के कति कारणले जानकारी गर्न नसकेको हो ? त्यस सम्बन्धमा स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।