नेपाल एयरलाइन्समा ३० जनालाई एयरहोस्टेस बन्ने माैका
काठमाडौं । नेपाल एयरलाइन्सले भारी संख्यामा एयरहोस्टेस मागेकाे छ। नेपाल वायुसेवा निगमले पाचौं तहकालागि ३० जना एयरहोस्टेस कर्मचारी माग गरेको छ ।
निगमले २०८० साल जेठ मसान्तसम्म रिक्त रहेका दरवन्दीकालागि करार सेवामा भर्ना गर्न लागिएकाे हाे । निगमकाे विमान परिचारिका बन्नकालागि कम्तिमा १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । यसैगरी, आवेदन दिनेको उमेर १८ वर्ष देखि २५ वर्ष सम्म हुनुपर्ने निगमले जनाएकाे छ । आवेदककाे उंचाइ भने कम्तीमा ५ फिट २ इन्च हुनुपर्ने छ ।
निगमका अनुसार यूनिफर्म लगाउँदा एयरहोस्टेसकाे ट्याटु देखिन पाइनेछैन । अशक्तता र अपांगता भएका युवतीहरू भने यस प्रतिपर्धामा भाग लिन पाउनेछैनन् ।
नेपाल एयरलाइन्सको सूचना अनुसार व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक र स्वास्थ्य परीक्षण र अन्तर्वार्ताका माध्यमबाट एयहाेस्टेज छनोट गरिनेछ ।
यस परिक्षाक्षामा भाग लिनकालागि १ हजार रुपैयाँ शुल्क बुझाउनपर्नेछ । नियमकाे एयरहाेस्टेज बन्नकालागि फारम साउन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन २१ गतेसम्म बुझाउनपर्नेछ ।
नेपाल एयरलाइन्सकाे करारमा बन्ने विमान परिचारिहरूले ५ वर्षको सेवा अवधि पाउनेछन् । नियुक्ति प्रक्रिया पुरा गरेपछि अन्तिम सिफारिसमा परेका विमान परिचारिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट क्रु मेम्बरकाे प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्र पाएका एयरहाेस्टेज ५ वर्षको करार सम्झौतामा रहनेछन् । प्रमाणपत्र नपाउने एयरहाेस्टेजले भने नियुक्ति पाउने छैनन् ।