सानिमा बैंकको दराजसंग “दराज महाबचत योजनाका” लागि सहकार्य
काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ । यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् १,००० रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् १,५०० रूपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ। यो योजना २०८० साउन ४ देखि साउन १४ गतेसम्म ११ दिनकालागि लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।