‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा
काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन् ।
नेपालका लागि आधिकारिक बिक्रेता ट्रु ड्रमा एसए प्रालिले ती उत्पादनहरु मंगलबारदेखि नै देशभर नै बिक्री वितरण प्रारम्भ गरेको छ ।
ट्रु ड्रमाका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले नै ‘ट्रु–मी’का उत्पादन समेत बिक्री वितरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।
‘ट्रु–मी’का का उत्पादनलाई वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री वितरण सुरू गरेको र जसबाट बजारमा साकारात्मक प्रतिक्रिया पाएको उनले बताए । जसका कारण बजार विस्तारका लागि थप उत्साहित बनाएको उनले बताए ।
अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकै कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पाएको उनको दावी छ ।
नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् ।
कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु-मीका उत्पादन विश्वशनीय रहेको बताइन् ।
कम्पनीका अनुसार नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ‘ट्रु–मी’का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।