गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिइने |
काठमाडौं । सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योगका कर्मचारीहरुलाई अनिवार्य अवकास दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । कर्मचारीहरुले अवकास बापत पाउने सुविधा दिनुअघि बक्यौता बुझाउनुपर्ने उनले बताए ।
गोरखा नगरपालिका˗१३, मझुवा देउरालीमा रहेको रबर उद्योग २०७१ चैतदेखि बन्द छ ।