सिद्धार्थ बैंकले ६ महिनामा कमायो ८७ करोड |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात विगत ६ महिनामा ८७ करोड ५ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत आर्थिक बर्षको साही अवधिको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड ७४ रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा संकलन गरेको निक्षेपवापतको रकम १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यसले यो अवधिसम्ममा गरेको कर्जा लगानी ९७ अर्ब ५० करोड रुपैयाँ छ ।
बैंकको ब्याज आम्दानी ६ अर्ब ८ करोड छ भने ब्याज खर्च ३ अर्ब ७९ करोड रुपैंयाँ गरेको छ । यस्तो व्याज आम्दानी र खर्चपछि बैंकले २ अर्ब २८ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ ।
८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया रहेको छ । सिद्धार्थको खराब कर्जा १.६४ प्रतिशत छ भने आधार ब्याजदर १०.५९ प्रतिशत रहेको छ । सीडी रेसियो ७८.७७ प्रतिशत, कस्ट अफ फण्ड ७.४२ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी भने २५.३२ रुपैंयाँ रहेको छ ।