लुम्बिनी विकास बैंकको नाफा ९ करोडले बढ्यो |
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आवको तुलनामा करिव ९ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड रुपैयाँ थियो ।
२ अर्ब १७ करोड चुक्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यसले चालू आवको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेर २१ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको लगानी १ अर्ब ७१ करोड रुपैयाँ रहेकोे छ भने सापटीवापत चलाएको रकम ७४ करोड रुपैयाँ छ ।
यसले यो अवधिसम्ममा व्याज आम्दानीबाट १ अर्ब ४६ करोड रुपैयाँ कमाएर यसवापत गरेको खर्च ९९ करोड मात्रै छ । यसले खुँद व्याज आम्दानी ४७ करोड रुपैयाँ गरेको छ ।
यसो संचालन नाफा ३२ करोड ८८ लाख छ । बैंकको सीडी रेसियो ७८.८१ प्रतिशत, आधार व्याजदर ११.१६ प्रतिशत र प्रतिशेयर आम्दानी २१.५७ रुपैयाँ रहेको छ ।