डिजेल, पेट्राेल र ग्यासको मूल्य घट्याे
काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेसँगै डिजेल, पेट्राेल र ग्यासकाे मूल्यमा गिरावट भएकाे हाे ।
निगमकाे सञ्चालक समितिले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । यसैगरी, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले सस्तिएकाे छ ।
अब पेट्रोलको मूल्य उपत्यकाभित्र प्रतिलिटर १६५ रुपैयाँ पर्ने भएको छ । याे मूल्य ठाउँअनुसार फरक फरक हुने निगमले जनाएको छ । यसैगरी, काठमाडाैं उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएकाे छ । ग्यासको मूल्य भने अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्ने भएकाे छ ।
नेपाल आयल निगमले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।