आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लिमिटेड बोर्ड पुग्यो
काठमाडौं । सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै आइएमई लिमिटेड नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार २९ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति मागेको छ ।
आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत हुदै आएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल लिमिटेड रहेको छ ।