एस्ट्रोपडले ल्यायो इभेन्टका लागि ज्योतिष शास्त्रीय मान्यतामा आधारित डेटिङ पार्टनर पत्ता लगाउने नयाँ फिचर
काठमाडौँ । नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको छ । युवायुवतीका लागि डेटिङ पार्टनर खोजि दिने उपायसहित एक वर्ष अघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमासँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको हाे।
एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले तपाईँको रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने रोमाञ्चक उपाय उपलब्ध गराउँछ । यसमा प्रयोगकर्ताहरुले आफ्नो राशी अनुसारको एयर साइन फायर साइन अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ्ग पार्टनरका साथमा डेटिङ्ग स्थल छनोट गर्न सक्नेछन् । विशेषगरी वायु,अग्नी,जल र पृथ्वीले हाम्रा दैनिक जिवनकार्य र मानवलाई असर पार्ने ज्योतिष शास्त्रीय मान्यताअनुसार यी चिन्हमा आधारित रहेर प्रयोगकर्ताले आफू जस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन्।
एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ति गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिन्छ । कन्सर्ट, उत्सव, मेला वा पहिलो डेटको लागी स्मरणीय स्थल जान खोज्दै हुनुहुन्छ भने एस्ट्रोपडको एक्सप्लोर फिचरले त्यो सबै कभर गरेको छ ।
चलचित्र हेर्न जाने साथी कसैले खाेज्दैछ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्न सक्नेछन् । त्यहाँबाट सम्भावित ‘म्याचिङहरू’ मार्फत स्वाइप गर्न सुरु गर्न सकिनेछ, ज्योतिषीय अनुकूलता मूल्याङ्कन गर्न र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सकिनेछ । यस सुविधाले पहिलो डेटिङ्गकालागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाईलो र आकर्षक तरिका प्रदान गर्दछ ।
कसरी प्रयोग गर्ने ?
१. एस्ट्रोपड एप खोल्ने र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुपर्छ ।
२. एक्सप्लोर मेनुमा, विशिष्ट घटनाहरू वा रुचिहरू जस्ता विभिन्न विकल्पहरू फेला पार्न सकिनेछ । त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुपर्नेछ ।
३. साेही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरू हेर्न, अप्ट इन गर्न आवश्यक छ । त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ । यसले इभेन्टकोलागि उत्साह साझा गर्ने सम्भावित जोडाहरू हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ ।
४. छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुपर्छ र ज्योतिषीय अनुकूलता जाँच गर्नुपर्दछ ।
५. कार्यक्रमको लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्ने । आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्न सकिनेछ वा आफ्नो रुचिको बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्न सकिनेछ।
नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको डेटिङ एप एस्ट्रोपड अहिलेसम्म एक लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन् । यो एपमार्फत युवायुवतीले सहजैरुपमा आफ्नो रुची र ज्योतीषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन् । एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ ।