प्रम ओलीले डाबोसमा गरे नेपालमा लगानी सम्भावनाको ब्रिफ्रिङ |
डाबोस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्याण्डको डाबोसमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गतको ‘विश्वका आर्थिक नेताहरूको अनौपचारिक भेला’ मा नेपालमा लगानी सम्भावनाका बारेमा ब्रिफिङ गरेका छन् । उनले नेपालजस्ता अतिकम विकसित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तरराष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन् ।
‘हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त ?’ भन्ने प्रश्न राखिउको उक्त सत्रमा प्रम ओलीले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरूसँग पनि भेटवार्ता गरेका छन् ।
सो क्रममा प्रम ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमारसँग भेट गरे । उनीहरूसँग नेपालको प्राथमिकता क्षेत्रमा सम्भावित लगानीका विषयमा छलफल गरे ।
विश्व आर्थिक मञ्चकोे ‘कुल गार्हस्थ उत्पादनभन्दा बढी’ विषयक सत्रमा भाग लिएका अर्थमन्त्री डा. युवराज खतिवडाले नेदरल्याण्डको आर्काडिस कम्पनीका निर्देशक क्यारोलिन गेरेल्ससँग भेट गरी नेपालमा लगानी तथा तथा विकास सहयोगका विषयमा छलफल गरे ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसंघको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै उनीहरूको विश्वव्यापी प्रभावका विषयमा छलफल गरे ।