“द आन्टरप्रिन्योर्स गाइड फर बिगिनर्स २.०” सात दिने कार्याशाला र ग्र्याण्ड स्टार्टअप आईडिया पिच प्रतियोगिता हुँदै
काठमाडौं । उद्यमशीलता सम्बन्धित (The Entrepreneur’s Guide For Beginners 2.0) सात दिने कार्याशाला आयोजना हुन लागेको छ । क्युरियश वी (Curiouswe)ले आयोजना गर्न लागेको उक्त कार्यशाला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन लागेको हो । कार्यशालाको अन्त्यमा ग्र्याण्ड स्टार्टअप आईडिया पिच प्रतियोगिता (Grand Startup Idea Pitch Competition) हुनेछ।
उक्त कार्याशालाले उद्यमशीलताका सबै व्यवहारिक पक्षहरुलाई समेट्ने उद्धेश्य लिएको छ । यसकासाथै सहभागीहरुकाे ध्यान उद्यमशीलताकाे मानसिकताको विकास बलियो रूपमा केन्द्रित गर्ने पनि कार्यशालाको उद्धेश्य रहेको छ ।
जुलाई १८ अथवा साउन २ गतेदेखि जुलाई २४ तारिखसम्म (साउन ८ गते) हुन लागेको उक्त कार्याशालामा प्रत्येक दिन फरक विषयमा तालिम दिइनेछ । बिहानकाे ७ बजेदेखि साढे ९ बजेसम्म् हुन लागेकाे यस तालिममा कुनै पनि क्याम्पसका र कुनै पनि तहका विद्यार्थीहरुले भाग लिन सक्नेछन् । स्टार्टअप आईडिया पिच कम्पिटिशन भने जुलाई २८ अर्थात् साउन १२ गते बिहानकाे १० बजेपछि गरिँदैछ । उक्त प्रतियाेगिता जित्ने समुहले पाँच हजार रूपैयाँ पाउनेछन् ।
यस कार्यशालामा उद्ममशीलताकाबारेमा मात्र नभइ उत्पादनकाे विकास तथा बजारीकरण, बजार विभाजन, टार्गेटिङ र स्थिती, व्यवस्थापन, टिम र सञ्चालन, वित्तिय माेडलिङ र सर्तहरू, पिचिङ, काेष संकलन र उत्पादन सार्वजनिक कसरी गर्ने भन्ने विषय बारेमा सिकाइनेछ ।
६ दिने कार्यशालाका वक्ताहरुमा लोटस होल्डिंग्सका अजितविक्रम शाह, वल्र्डलिंकका सीईओ केशव नेपाल,पेडल ग्रुपका विज्ञान गुप्ता,काष्ठकलाकी संस्थापक स्वस्तिका राजभण्डारी,अफरिङ ह्याप्पीनेसका संस्थापक सन्तोष पाण्डे र सीए डोलराज पौडेल रहेका छन् ।
यसैगरी, प्यानलिष्टमा अफरिङ ह्याप्पीनेसका सह संस्थापक निरज काफ्ले,आईएमई ग्रुपका सीईओ हेमन्त पुराणिक र केएफएका कार्यकारी अध्यक्ष रेष्ठ झा रहेका छन् । निर्णायक मण्डलमा भने गोल्यान ग्रुपका कार्यकारी निर्देशक शक्ति गोल्यान, गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल,सीईआईका संस्थापक प्रतिक कुवर र उद्यमी तथा रिसर्चर जुना माथेमा रहेकी छिन् ।
मूख्य अतिथिमा भने ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन रहेका छन् । यस्तै अतिथिमा गोल्यान समुहको अध्यक्ष पवन गोल्यान, उद्यमी तथा पुर्व मिस नेपाल इभाना मानन्धर, मिस्टर नेपाल तथा प्रस्तोता डा.सन्तोष उपाध्याय र गायिका रोजलिन श्रेष्ठ रहेका छन् ।