दुई बाणिज्य बैंक सहित आठ कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि नेप्सेले दुई बाणिज्य बैंक सहित ८ कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट उत्थान लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।