घरजग्गा खरीद गर्दै हुनुहुन्छ ?, तल उल्लेखित विषयमा ध्यान दिनुहोस् |
घर जीवनमा धेरैपटक किनिरहन सम्भव हुँदैन । त्यसैले, आफ्नो आवासीय प्रयोजनका लागि घर किन्नुअघि विशेष ध्यान दिनुपर्ने हुन्छ । घर खरीद गर्नुअघि निम्न विषयमा ध्यान दिनु आवश्यक छ ː
- घर कहिले बनेको हो, घर बनाउँदा कस्ता सामग्रीको प्रयोग गरिएको थियो भन्नेबारे घर बनाउने व्यक्ति वा घरधनीलाई नै भेटेर बुझनुपर्ने हुन्छ । ती सबै जानकारी लिएर मात्र घर खरीदको निर्णय लिनु राम्रो हुन्छ ।
- खरीद गर्नुअघि घर पिलर सिष्टमको होहोइन भन्ने विषयमा पनि विचार पुर्याउनुपर्छ ।
- आफूले किन्न लागेको घर भूकम्प प्रतिरोधात्मक छ कि छैन, अथवा कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ, त्यसबारे जानकारी लिएर घर किन्नुपर्छ ।
- घरको अवस्थिति वा ठाउँलाई पनि ध्यान दिनुपर्छ । साथै, घर आफ्नै कित्तामा बनेको हुनुपर्छ भने वरिपरि पर्याप्त जग्गा छोडेको छ÷छैन, हेर्नुपर्छ ।
- सेवा तथा सुविधाको हिसाबले घर कस्तो छ भन्नेमा पनि विचार पु¥याउनुपर्छ । जस्तै– पार्किङ, बत्ती, पानी, ढल आदिको व्यवस्था ।
- वास्तुशास्त्रअनुसारको जग्गाको अवस्थिति तथा त्यसअनुसार घर बनेको छ÷छैन, त्यसबारे जानकारी लिनु पनि राम्रो हुन्छ ।
- घरको मोहडा (काठमाडौंका उपत्यकाका लागि) पूर्व÷दक्षिण छ कि छैन, त्यो पनि हेर्नुपर्ने हुन्छ । घाम र पानी पर्नेे हिसाबले विशेषगरी पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुँदा यसमा पनि विचार पु¥याएर मात्र घर किन्नु फाइदाजनक हुन्छ ।
- कति फीटको बाटोमा घर बनेको छ, घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ÷जाँदैन भन्ने निश्चित भएर मात्र घर किन्नु राम्रो हुन्छ ।
- सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउँ कतिको महŒवपूर्ण छ, त्यसमा पनि विचार पु¥याउनुपर्छ । यातायात, विद्यालय, अस्पताल, किनमेल गर्नका लागि बजार र नगद कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाको सुविधा, सुरक्षा आदि धेरै कुरामा विचार पुर्याएर घर किन्नुपर्छ ।
- घर किन्न लागेको समाजमा कस्ता किसिमका मानिस बसोवास गर्छन्, त्यस्तो समाजमा आफू घुलमिल हुन सकिन्छ÷सकिँदैन वा आफ्ना लागि त्यो समाज उपयुक्त छ÷छैन भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । शान्त तथा सफासुग्घर वातावरण भए–नभएको विषयमा पनि विचार पु¥याउनुपर्छ । उपयुक्त, शान्त तथा हरियाली वातावरणमा बनेको घर छान्नु बुद्धिमानी हुन्छ ।
- घरको कर तिरेको छ÷छैन, जग्गा रैकर वा गुठीको पो हो कि ? घरमा मोहीको स्वामित्व छ÷छैन भन्नेबारे जानकारी लिएर मात्र मात्र घर किन्नुपर्छ ।
- घर किनेको ठाउँवरिपरि खुला स्थान छ कि छैन भन्नेमा पनि विचार पु¥याउनुपर्छ । किनकि, भूकम्प आउँदा सुरक्षित हुन खुला ठाउँको आवश्यकता पर्छ ।
- घर किन्दा वर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो, सो प्रयोजन गर्न पाइने होहोइन, पहिले नै त्यसको अध्ययन गर्नुपर्छ ।
जग्गा किन्दा ध्यान दिनुपर्ने विषय
जग्गा पनि जीवनमा धेरैपटक किनिरहन सकिँदैन । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । जग्गा किनेर घर बनाएर बस्ने हो भने झन् धेरै पक्षमा विचार पुर्याउनुपर्छ ।
- काठमाडौंको भौगोलिक हिसाबले पूर्व वा दक्षिण मोहडा भएको जग्गा उपयुक्त हुन्छ ।
- जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
- जग्गासम्म पुग्ने बाटो कति फीटको छ, मोटरसाइकल तथा गाडी जान्छ÷जाँदैन भन्ने जस्ता विषयमा विचार पु¥याएर मात्र छनोट गर्नुपर्छ ।
- वास्तुशास्त्रअनुसारको जग्गा छ कि छैन, त्यो विषयमा पनि ध्यान दिनुपर्छ ।
- सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन, भन्नेमा पनि निश्चित हुनुपर्छ । जस्तै– ढल, बिजुली, यातायात, विद्यालय, अस्पताल आदिको सुविधा भए÷नभएको हेर्नुपर्छ ।
- जग्गाको अवस्थिति ठीक ठाउँमा छ÷छैन भन्नेमा पनि उत्तिकै विचार पु¥याउनुपर्छ ।
- भीर, पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।
- जग्गाको तिरो तिरेको छ कि छैन, जग्गा रैकर अथवा गुठीको हो कि, त्यसतर्फ सचेत हुनुपर्छ । साथै, जग्गामा मोहीको हक छ कि छैन भन्नेमा पनि विचार पु¥याएर मात्र जग्गा खरीद गर्नुपर्छ ।
- नक्सा र भोग समान छ÷छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा भुलेर पनि लिनु हुँदैन ।
- उच्च विद्युत् चाप प्रसारण लाइनभन्दा १०÷१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।
उल्लिखित सबै विषयमा विचार पुर्याएर घरजग्गा खरीद गर्ने हो भने भविष्यमा पछुताउनु पर्दैन । नत्र, दुःख गरी कमाएको सम्पत्ति र भविष्यका लागि जोडेको घरजग्गा व्यर्थै हुन पनि सक्छ । त्यसैले, समयमै सचेत भई हरेक कुराको सोधखोज र अनुसन्धान गरी घरजग्गा किनेमा आफूले गरेको लगानी ठीक ठाउँमा रहेछ भनी जीवनभर खुशी र आनन्दमा रमाउन सकिन्छ ।
प्रस्तुति ː– मदन लामिछाने