१९औँ हाङ्चोउ एसियन खेलकुदका लागि भिभो मोबाइल फोन आधिकारिक आपूर्तिकर्ता
काठमाडौं । नयाँँ युगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोे १९औँे एसियन खेलकुद हाङ्चोउ को लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५मा होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको सुरुवात भएको थियो।
हस्ताक्षर समारोहमा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंग लगायत अन्य अतिथिहरू उपस्थित थिए ।
यस १९औँ एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म ४५ राष्ट्रको सहभागितामा हुनेछ । एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुद मार्फत एकता र सौहार्दताको बातावरण बनाउनेछ ।
हस्ताक्षर समारोहमा बोल्दै हाङ्चोउ एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भने “होङझाव एसियन खेलकुदकोे अवसरमा भिभोसँगको साझेदारीको लागि हामी निकै उत्सुक छौँ । खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनहरूका साथ प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्घन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ भन्नेमा हामीलाई विश्वास छ ।”
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्छन् “१९औँ एसियन खेलकुदले हाङ्चोउको सांस्कृतिक र खेलकुद आकर्षणलाई एशिया र सम्पूर्ण विश्वमा देखाउँछ । १९औँ एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याउँदै खेलकुद मार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्दत गर्नेछ ।”
एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डको रूपमा भिभो सदैव “टेक्नोलोजी फर अ बेटर वलर््ड” भन्ने आफ्नो दृष्टिकोणमा अडिग छ । निरन्तर रुपमा आविष्कार गर्दै र आफ्नो बलियो पक्षलाई निखार्दै मानिसहरुको जनजीवनलाई अझै सशक्त बनाउने दुवैको साझा दर्शनले गर्दा खेलकुद र प्रविधी बिच गहिरो सम्बन्ध रहेको हुन्छ भन्ने दृष्टिकोणबाट भिभो प्रेरित रहेको छ । भिभोले पनि निरन्तर रुपमा सम्भावनाका सीमाहरुलाइ फराकिलो बनाउँदै मानिसहरुलाई नयाँ उचाइमा पुग्न र आफ्नो पूर्ण क्षमतालाई अनलक गर्न प्रेरित गर्ने लक्ष्य राख्दछ । हाङ्चोउ खेलकुदसँग भिभोको साझेदारीले प्रविधिको शक्तिले खेलकुदको अनुभवलाई कसरी नयाँ उचाइमा पु¥याउन सकिन्छ भनेर देखाएको छ ।
विगतका वर्षहरुमा पनि भिभोले सुदिरमान कप, एनबिए, फिफा वलर््डकप र युइएफए युरो जस्ता थुप्रै प्रतिष्ठित खेलकुद कार्यक्रमहरूमा सहकार्य गरिसकेको छ, जसले निरन्तर रुपमा वृद्धि भईरहेको विश्वव्यापी दर्शकहरू माझ थप पहिचान बनाएको छ । होङझाव एसियन गेमको लागि मोबाइल फोनको आधिकारिक विशेष आपूर्तिकर्ताको रूपमा भिभोले आफ्नो अत्याधुनिक र प्रोफेसनल इमेजिङ प्रविधि मार्फत खेलका सबैभन्दा रोमाञ्चक क्षणहरू रेकर्ड गरेर विश्वभरका प्रयोगकर्ताहरू माझ प्रस्तुत गर्नेछ जसले गर्दा मैदान भित्र र बाहिर हुने सबै दर्शकले खेलको भरपुर मज्जा लिन सक्नेछन् ।