स्पर्स लघुवित्त वित्तीय संस्थाको आम्दानी ६ लाख २१ हजार |
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो लघुवित्तको गत वर्षको यही अवधिसम्ममा ५० लाख ऋणत्मक अवस्थामा रहेको थियो । यसले चालू आवमा भने नाफा कमाउन सफल भएको छ ।
यसको सञ्चालन मुनाफा नै ८ लाख १० हजार रहेको छ । यो वित्तीय संस्थाले व्याज आम्दानीवापत ४० लाख कमाएको छ भने यसवापतको खर्च २८ लाख रहेको छ । यसको खुँद व्याज आम्दानी १२ लाख छ ।
यो वित्तीय संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ । यसले चालू आवको दोस्रो त्रैमाससम्ममा १० करोड २८ लाख निक्षेप संकलन गरेर ५२ लाख २६ हजार कर्जा लगानी गरेको छ । यसले लिएको सापटी ४७ करोड १८ लाख रुपैयाँ पुगेको छ ।