टिभिएस मोटरद्वारा २४ घण्टाको नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको किर्तिमान स्थापित
काठमाडौं । टिभिएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकल मार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको किर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै सबैभन्दा लामो हाईस्पीड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो किर्तिमान कायम गरेको हो ।
टिभिएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टिभिएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टिभिएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।
कम्पनीको “ट्रयाक टू रोड” दर्शनको प्रवद्र्धन गर्दै, टिभिएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तिब्र गतिमा बृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उँचाई प्रदान गरेको छ ।
“यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टिभिएस आपचे आरआर ३१०द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो”, प्राप्त उल्लेखनिय माइलस्टोनका बारेमा बोल्दै विमल सुम्ब्ली, हेड बिजनेस (प्रिमियम टिभिएस मोटर कम्पनीले भने, “यो कीर्तिमानी उपलब्धिले टिभिएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।”
यस्ता छन् २४ घण्टे स्पिड एन्ड्योरेन्स चुनौतीका प्रमुख विशेषताहरू
टोलीमा १८ जना चालकहरू सम्मिलित थिए । यिनले ३ ओटो टिभिएस आपचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौती जुलाई २, २०२३मा आईएसटि बिहान १०ः०० बजेदेखि सुरु गरिएको थियो ।
चुनौतीकै एक भागका रूपमा, सवारहरूले औसत गति १५२ किमी प्रति घन्टामा कूल ३२२ ल्याप कभर गरेका थिए । चुनौतीको समयमा रेकर्ड गरिएको शीर्ष गति १७३ किमी प्रति घन्टा रहेको थियो ।
चुनौतीमा २४ घन्टाको समयमा ३६५७.९२ किलोमिटरको दूरी कभर गरे बापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको छ । टिभिएस आपाचे आरआर ३१० को असाधारण कार्यसम्पादनमा योगदान गर्ने मुख्य कारकहरू यसको उन्नत एयरोडायनामिक डिजाइन हो ।
रेस व्युत्पन्न पावर प्लान्टले ३४ बिएचपि उत्पन्न गराउँछ । यसले गर्दा चरम परिस्थितिहरू सहन गर्ने क्षमतामा बृद्धिका साथै उच्चतम प्रदर्शन गर्नको क्षमता प्रदान गर्छ ।