माथिल्लो मैलुङ्ग खोला र चिरख्वा हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । असार २० गते बोर्डले माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाँउपालिकाको वडा नम्बर १ मा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।