एसईईको परीक्षाफल आज बेलुका सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बेलुका सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा सार्वजनिक गर्न बोर्डले बोर्ड बैठक बेलाएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने,सम्परीक्षण गर्ने, रुजु गर्ने काम भइरहेको छ । यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।
परीक्षा नियन्त्रण कक्षा १० को कार्यालयका अनुसार ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भएको हो । यो पटक एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।
यसरी हेर्नुस नतिजा
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
त्यस्तै www.neb.gov.np
www.results.matraeducation.com
www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।