नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै
काठमाडौँ । रियलमी ब्राण्डको ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध हुने भएको छ ।
यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन दावी गरिएको रियलमी ११ प्रो सिरिज ५ जी फोटोग्राफीमा रुची राख्नेहरुको लागि उपयोगी हुने बताइएको छ ।
नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै उत्कृष्ट र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जीको डिजाइन गरिएको हो । डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् ।
१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी बजारमा आएको छ ।
२० हजार लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले रहेको छ । यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।