गोर्खाज फाइनान्सको साधारणसभा फागुन १० गते, यो वर्ष लाभांश नदिने |
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा फागुन १० गते ११ बजे काठमाडौंको नक्सालस्थित सेलेब्रेशन ब्याङ्केटमा बस्ने भएको छ । सञ्चालक समितिको हिजो सोमवार बैठकले उक्त निर्णय गरेको हो ।
फाइनान्सले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले माघ २९ गतेलाई बुक क्लोजको मिति तय गरेको छ । उक्त दिनसम्म शेयर होल्ड गर्ने वा खरिद गर्नेले साधारणसभामा उपस्थिति जनाउन सक्नेछन् । फाइनान्सले यो वर्ष कुनै पनि प्रकारको लाभांश नदिने भएको छ ।