सानिमा फ्लेक्सी फण्ड सञ्चालनका लागि बोर्डमा निवेदन
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले खुला मुखी प्रकृतिको सानिमा फ्लेक्सी फण्ड सञ्चालन गर्ने भएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाका लागि रू. १ अर्ब बराबरको इकाई बिक्री गर्न योजना व्यवस्थापक सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले असार १७ गते प्रति इकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति माग गरिएको हो । इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडलेनै पुरा गर्नेछ ।
हाल धितोपत्र बोर्डमा सानिमा फ्लेक्सी फण्डसँगै अन्य ९ योजना सञ्चालनको अनुमतिको पर्खाइमा रहेका छन् ।