एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, प्राधिकरणले दियो स्वीकृित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले स्वीकृती दिएको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार कम्पनीलाई हाल कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृती दिएको जानकारी दिए ।
बीमा प्राधिकरणबाट स्वीकृती पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजीको रू. १ अर्ब ४५ करोड रहेको छ । यस पूँजीको आधारमा कम्पनीले ९६ लाख ३१ हजार २२ हजार कित्ता हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।
हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. २ अर्ब ४२ करोड भन्दा बढी पुग्नेछ । बीम प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले यही असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पु¥याउनु पर्ने हुन्छ । हकप्रद शेयर निष्कासनबाट पनि कम्पनीको चुक्ता पूँजी केही नपुग्ने देखिन्छ । कम्पनीले अपुग रकम बोनस शेयर वितरण गरेर पु¥याउने देखिन्छ ।