एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, शेयरधनीको हात भने खाली
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौ वार्षिक साधारण सभा शनिवारका दिन सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा सम्पन्न भएको छ । बैंकले शेयरधनीका लागि भने कुनै पनि लाभदायीक प्रस्ताव पास गरेन ।
संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको सत्रौ वार्षिक साधारण सभाले सस्थापक समुहका शेयरधनीहरु मध्येबाट ३ जना सञ्चालकहरु महेन्द्र कुमार गोयल, राजन शर्मा र अमित कुमार अग्रवाललाई निर्वाचित गरेका छन । उक्त सभामा पूर्व संचालक तथा संस्थापक शेयरधनी गणेश प्रसाद खनाललाई सम्मान गरिएको छ ।
प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेकोमा हाल झापा, इलाम, मोरंग, पाँचथर र सुनसरीका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत बैंकिंग सेवाप्रदान गरिरहेको छ । चाडै नै उदयपुर जिल्लाको रामपुरमा शाखा खोलिने बताएको छ । आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति बैंकले लिएको छ ।
उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधि र भावी लक्ष्यको बारेमा मन्तव्य राखेका थिए । यस वैंकको हालसम्म कर्जा लगानी करिब रु १० अर्व ८० करोड र निक्षेप संकलन रु १३ अर्व २५ करोड रहेको छ ।