लेखनाथमा यामाहाको नयाँ शोरुम |

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम संचालनमा ल्याएको छ । एमएडब्लु इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण थालेको हो । यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप शुरु गरिएको हो ।
नया शोरुमको उद्घाटन गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक राम प्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । । विश्वकर्मा अटो वक्र्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने छन् ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम शुरु गर्नु गौरवको कुरा भएको विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए । अब यामाहा ब्रान्डका दुईपाङ्ग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु पर्दैन, उनले भने ।
यामाहाले नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । जसले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।