अरुण काबेली पावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति, चुक्ता पूँजी ३ अर्ब ७१ करोड पुग्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण काबेली पावर लिमिटेड (AKPL) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम पूँजीकाे शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
त्यस अनुसार कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ । शेयरधनीहरुलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीका ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।