गणपति माईक्रोफाइनान्सको नाफा १ करोड ५१ लाख |
काठमाडौ । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आव २०७५⁄०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त माईक्रोफाइनान्सले पौष मसान्त सम्म १७ करोड ३९ लाख रुपैयाँ बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख रुपैयाँ गर्न सफल भएको छ ।
होटल डे ब्रेक, वेगनास, पोखरामा माघ ०५ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२,४५८ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको छ । लगानीमा रहीरहेको कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ ।