गुहेश्रवरी मर्चेण्टको खुद नाफा ९.६६ प्रतिशतले बढ्यो |
काठमाडौं । गुहेश्रवरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको चालू आवको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सको यस वर्ष खुद नाफा ३ करोड ३४ लाख पुगेको हो ।
चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सले तीन अर्ब २९ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ९० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पुसमसान्तसम्म २३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले १६ करोड १२ लाख रुपैयाँ ब्याज खर्च गर्दा ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाइनान्सले खुुद ब्याज आम्दानी ५ करोड ८६ लाख रुपैयाँ थियो ।
खराब कर्जा अनुपात ०.५६ बाट ६८ प्रतिशतमा बढेपछि फाइनान्सको कर्जा नोक्सानी व्यवस्था रकम समेत अघिल्लो वर्ष यसै अवधिमा ५ लाख ६० हजार रहेकोमा एक करोड ३८ लाख रुपैयाँ पुगेको छ ।