उत्कृष्टमा डिजाइन भएको बहु–प्रतीक्षित भिभो वाई ३६ प्रि–बुकिङको लागि उपलब्ध
काठमाडौं । भिभो, एक अग्रणी टेक्नोलोजी ब्रान्डले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
वाई ३६ आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन तथा एडभान्स क्यामेरा क्षमता विशेषता भएको एक उत्कृष्ट स्मार्टफोन हो । यो स्मार्टफोनमा प्रिमियम क्रिस्टल ग्लास, ४४ वाट फ्ल्यासचार्ज, ५००० एमएएच ब्याट्री, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्याम, र ५० एमपी एचडी मुख्य क्यामेरा रहेको छ जसले यो स्मार्टफोनलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउँछ । यी सबै विशेषताहरुले वाई ३६ लाई सामूहिक रूपमा नवीनताको वास्तविक प्रतिनिधित्व बनाउँछ, र यसको आकर्षक डिजाइन नै उच्च शिल्प कौशलको प्रमाण हो जसको लागि बजारमा भिभो परिचित छ ।
भिभो वाई ३६ स्मार्टफोनमा रमाइलो र औपचारिक तत्वहरू मिलेर एक प्रभावशाली डिजाइन बनेको छ । यसको आकर्षक डिजाइन र विशेषताहरुले गर्दा स्टाइल र प्रोफेशनल दुवै पक्षलाई हेर्ने व्यक्तिहरूको लागि एक आदर्श विकल्प बनेको छ । वाई ३६ मा भएको प्रिमियम क्रिस्टल ग्लासले उपकरणलाई स्पर्श गर्दा सुन्दर महसुस हुन्छ । वाई ३६ मा भएको गोल्डेन रिपल प्रक्रियाले ग्लासको पछाडि एक मंत्रमुग्ध रिपल इफेक्ट थप्छ जसले गतिशील र आकर्षक दृश्य अनुभव सिर्जना गर्दछ । २.५ डी फ्ल्याट फ्रेमले डिस्प्ले र बडीलाई निर्बाध रूपमा एकीकृत गर्दछ, जसले उपकरणको समग्र प्रिमियम लुकलाई वृद्धि गर्ने पातलो र सिमलेस डिजाइन प्रदान गर्दछ । अन्तमा, फेन्टासी फ्रेमले रमाइलो तत्वहरु समावेश गर्ने हुँदा यसले वाई३६ लाई अद्वितीय र आकर्षक डिजाइनको साथ अन्य भन्दा अलग बनाउँछ ।
‘भिभोका वाई सिरिजमा उल्लेखनीय उपलब्धिहरु भइरहेको छ किनकि भिभोले उपभोक्ताको मागहरू पूरा गर्न प्राविधिक विकासहरूलाई निरन्तरता दिइरहेको छ । नयाँ स्मार्टफोन वाई३६ मा पनि उल्लेखनीय विशेषताहरु छन् । हालै सार्वजनिक भएको स्मार्टफोनमा आकर्षक डिजाइका साथै उत्कृष्ट तस्वीरहरु खिच्न सक्ने क्षमता पनि छ । वाई ३६ को उत्कृष्ट क्यामरा क्षमताबाट प्रयोगकर्ताहरूले विशेष तथा सौन्दर्यका दृष्टिले मनमोहक क्षणहरू सजिलैसँग खिच्न मद्दत पुग्छ । सधैं झैं, भिभो आफ्ना प्रयोगकर्ताहरूको निरन्तर विकसित भइरहेका आवश्यकताहरू पूरा गर्न प्रदर्शन सुधार गर्न र अत्याधुनिक प्रविधि प्रदान गर्न समर्पित रहन्छ’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्छन् ।
वाई ३६ मा शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेको छ । जसमार्फत स्मार्टफोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न साथै डाउनटाइमलाई न्यून गर्दै र उत्पादकता बढाउन सकिन्छ । यसका साथै, वाई३६ को प्रभावशाली ५००० एमएएच ब्याट्रीले विस्तारित उपयोग समय प्रदान गर्दछ जसले चार्ज गरि राख्नु पर्ने झन्झटबाट मुक्त गराउँछ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र उच्च क्षमताको ब्याट्रीको यो शक्तिशाली संयोजनले तपाइँले तपाइँको वाई३६ स्मार्टफोनमा कुनै अवरोध बिना नै थप कार्यहरू पूरा गर्न सक्नेछन् तथा सिमलेस र प्रभावकारी मोबाइल अनुभव प्रदान गर्न सक्नेछन् ।
यसबाहेक, वाई३६ को एडभान्स ८ जीवी + ८ जीवी विस्तारित र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । भिभो वाई३६ मा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताका लागि सहज र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको उच्च प्रदर्शन गर्ने सीपीयू र एडभान्स जीपीयूको साथ, यसले द्रुत मल्टिटास्किङ, प्रतिक्रियाशील गेमिङ, र स्विफ्ट एप लन्चहरू प्रदान गर्दछ । स्न्यापड्रेगन ६८० प्रोसेसरले स्मार्टफोनको समग्र कार्यसम्पादनलाई बढाउँछ र यसलाई पावर र स्पीड खोज्ने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।
भिभो वाई ३६ ले क्यामेरा प्रणालीमार्फत प्रभाव पार्छ । ५० एमपी एचडी मुख्य क्यामेराको साथ, प्रयोगकर्ताहरूले स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सक्छन् । यस स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा पनि छ, जुन फिल्ड इफेक्टका मनमोहक गहिराइका साथै पोट्र्रेट शटहरू खिच्नका लागि उपयुक्त छ । सेल्फीका लागी १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराले क्रिस्टल–क्लियर सेल्फ– पोट्र्रेट सुनिश्चित गर्दछ । यसका साथै, वाई३६ले एक अद्वितीय डबल एक्सपोजर सुविधा प्रदान गर्दछ, जसले तपाईंको फोटोग्राफीमा कलात्मक स्वाद थप्छ । चाहे तपाईं प्रोफेशनल होस् वा फोटो खिच्न शौखिन, वाई३६ को क्यामेरा प्रणालीले तपाईंका अपेक्षहरु पुरा गर्न एक अनुपम फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
वाई ३६ दुईवटा आकर्षक कलर भेरियन्टहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा मा उपलब्ध हुनेछ जसको मुल्य २८ हजार नौं सय ९९ रुपैंयाँ रहेको छ । नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरुले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरुबाट प्रि–बुकिङ गर्न सक्नेछन । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ । यस फोनबारे थप जानकारीका लागि तपाईंले भिभो नेपालको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइट पनि हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।