मनकामना इन्जिनियरिङ र भगवती हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले आज (असार १० गते) दुवै कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको हो । जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २८ करोड रुपैयाँको २८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।
यस्तै, धितोपत्र बोर्डले भगवती हाइड्रोपावरलाई प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिएको हो । यसले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १६ पैसा प्रिमियम थप गरेर ११६ रुपैयाँको दरमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।