काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी हुन् ।
जसमा महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ ।