टिभिएसले ल्यायो ‘नयाँ सफर बिना कर अफर’
काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको दुईपाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्तालाई लक्षित गरि ‘नयाँ सफर बिना कर अफर’ सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद बर्षको सडक कर र अर्को एक बर्षको सडक कर टिभिएस आफैंले तिर्नेछ । टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको जनाएको छ । साथै, प्रयोगकर्ताहरु दुई बर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् ।
यसबाहेक टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ, जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ ।
जगदम्बा मोटर्स प्रा. लि नेपालमा टिभिएसका दुईपाङ्ग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १५० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सफल भएको छ ।
गुणस्तरीय उत्पादन, बिक्रीपश्चात उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित बन्न पुगेको हो ।