महिला सहयात्रा माइक्रोफाइनान्सले दिने भो ८ प्रतिशत नगद लाभांश |
काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाको यही माघ ५ गते बसेको छैटौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले संस्थाको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन, सोही अवधिसम्मको नाफा नोक्सान हिसाब पारित गर्नुका साथै बाह्य लेखा परीक्षकमा रञ्जित एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड नामकरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।