सरकारी जागिरेले छोराछोरीलाई सरकारी स्कुलमै पढाउनुपर्ने |
काठमाडौं । सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिश गरेको छ । आयोगले हालै प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमार्फत त्यस्तो सिफारिश गरेको हो ।
आयोगले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नुपर्ने कानुनी व्यवस्था गर्न आयोगले सिफारिश गरेको छ ।
आयोगले सार्वजनिक शिक्षा सुधार गर्न निजी विद्यालयलाई सेवामूलक संस्था बनाउने प्रस्ताव पनि गरेको छ ।