नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट
काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले उक्त डिस्काउन्ट पाउने भएका हुन् ।
उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।
नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।