लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न, सनराइज बैंकसँग मर्जर गर्ने प्रस्ताव पारित
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको आज (आइतबार) विशेष साधारणसभा काठमाडौंमा सम्पन्न गरेको छ।
उक्त सभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १:१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपछि वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिइ एकीकृत कारोबार सुरू गर्ने लक्ष्य रहेको बैंकले बताएको छ।