तीन लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको बोनस शेयर सूचीकृत भएका छन् । आइतबार नयाँ सारथी लघुवित्त लघुवित्त वित्तीय संस्था, साना किसान विकाल लघुवित्त र उपकार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
यसदिन नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पनि ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको पनि ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६१.७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
तीन वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।