भोलिदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्म प्रदर्शनमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने लगाएको छ । आदिपुरुष चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने लगाएको हो ।
महानगरका मेयर बालेन शाहले सञ्चार मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।
आदिपुरुष चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने निर्णय भएको महानगरका मेयर बालेन शाहाले जानकारी दिएका छन ।
उनले लेखेका छन‘ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ’।
महानगरका मेयर बालेन शाहले सञ्चार मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए। तर, आदिपुरषको विवादित अंश नहटेपनि भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न सबै हालहरुलाई आग्रह गर्ने महानगरले जनाएको छ ।
केहिदिन अघि मेयर बालेनले विवादित अंश नहटाए नेपालमा भारतीय चलचित प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।