समिट लघुवित्तको एजीएम आज, लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज आइतबार असार ३ गते बस्दैछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रोपलान्चोकमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट १३.५६% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, कर प्रयोजनको लागि ०.७१% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ ।
बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने एजेन्डा पनि छ । समिटले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ ।
सभा प्रयोजनका लागि यस कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् ।