नागरिक उड्डयन प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण, ७ दिनभित्र जवाफ दिनुपर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार बालेनको निर्देशनमा भत्काइएपछि आज (शुक्रबार) ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माद्वारा हस्ताक्षरित पत्रमा प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरे अटेर गरिएको उल्लेख छ ।
प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सिङ तारबार काट्न लाग्दा प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो, पत्रमा उल्लेख छ।