मेक्सिकोको हिडाल्गो राज्यमा पाइप विस्फोटन, २० को मृत्यु, ५४ घाइते |
मेक्सिको सिटी । मेक्सिकोको मध्य भाग हिडाल्गो राज्यमा शुक्रवार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारीअनुसार उक्त घटनामा परी अन्य ५४ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा उक्त विस्फोटन भएको हो । इन्धन संकलन गर्न स्थानीय बासिन्दा भेला भएको समयमा पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ । पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौं घाइते भएको हिडाल्गोका गभर्नर ओमार फायाडले बताए । (सिन्ह्वा)