बजाजको फाइनान्स जात्रा शुरु, १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सकिने
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको छ ।
शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिना सम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाई अझै सजिलो भएको छ ।
उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहकहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ । यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५०% डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा ०% ब्याजदरको लाभ लिन सकिनेछ ।
यो जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेठ २८ देखि ३२ गते सम्म ५ दिनको लागि लागुहुनेछ ।