सहकारीको समस्या समाधानका लागि कार्यदल गठन
काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।
सहकारी क्षेत्र नै अहिले आन्दोलित भएको अवस्था छ । सहकारी संस्थाका सञ्चालक र सदस्य सबै पक्षहरुले सहकारीमा देखिएको समस्या समाधान गर्नै मुद्दा लिएर आदोलित भएका हुन ।
विगत केही दिनदेखि स माइतिघर मण्डलामा हकारी पिडितहरुले बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।