तराइमा तापक्रम केही दिन नघट्ने, सिमरामा सबैभन्दा बढी गर्मी
काठमाडौं । पछिल्लाे केहि दिनयता अत्याधिक गर्मी भइरहेकाे छ । यहिँ क्रमलाई निरन्तरता दिँदै देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । साेहि कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था रहेकाे महाशाखाकाे भनाइ छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघ-गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।
हिजाे अर्थात् बिहीबार सबैभन्दा बढी तापक्रम सिमरामा रहेकाे महाशाखाले जनाएकाे छ । सिमरामा हिजाे दिउँसाेसम्म ४२.६ डिग्री सेल्सियस मापन गरिएकाे थियाे । यसैगरी, भैरहवा र जनकपुरमा ४२.४ डिग्री सेल्सियस र नेपालगञ्जमा अधिकतम तापक्रम ४१.८ र विराटनगरमा ४१.५ रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।
महासंघका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैले, अत्याधिक गर्मी तथा मेघ-गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ।
महाशाखाका अनुसार आगामी २ दिन पनि माैसमकाे अवस्था यस्तै रहिरहनेछ । भाेली अथवा शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आइतवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।