नेपालिक्स नाम दिएको रिपोर्ट माथि आइएमई समूहको आपत्ति | ‘नेपालमा कानुनी च्यानलबाट पैसा ल्याउदा कसरी गैरकानुनी भयो’
काठमाडौं । सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिज्म (सीआईजे) ले बुधबार सार्वजनिक गरेको रिपोर्टमा नाम जोडिएका विभिन्न ब्यक्तिले आपत्ति जनाउन थालेका छन् । आइएमई समूहले बेलायतमा कम्पनी दर्ता गरेको बताउँदै ट्याक्स हेभेन भएका मुलुकबाट रकम ल्याउने र स्वीस बैंकमा खाता नखोलेको दाबी गर्दै यो कसरी गैरकानुनी भएको भन्दै आपत्ति जनाएको छ ।
विहिबार पत्रकार सम्मेलन गर्दै समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने आफ्नो बैंक खाता स्वीस बैंकमा नभएको र ट्याक्स हेभन मुलुकमा कम्पनी समेत नभएको दर्ता दावी गरेका छन् ।
उनले (आईसीआईजे) सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको बताउँदै प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आफ्नो कुनै पनि कम्पनीको नाम नरहेको समेत स्पस्ट पारे ।
उनले भने, ‘कम्पनीमा संलग्न भनिएका ढकालका भाई हेमराज गैरआवासीय नेपाली हुन्। । ढकालले आफ्नो भाई रेमिटेन्स कारोबारकै लागि विभिन्न देश जानुपर्ने भएकाले गैरआवासीय नेपालीको हैसियतमा रहेको छ ।’
नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा शुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा शुरु भएको हो, उनले भने । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको उनले बताए ।