नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसन काउन्सिलबीच द्धिपक्षीय व्यापार प्रवद्र्धन गर्न सम्झौंता |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँ दिल्लीमा भएको समझदारीपत्रमा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरे ।
समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरि प्रवद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, ब्यापार, बाणिज्य तथा लगानीसँग सम्बन्धित सूचना आदान⁄प्रदान गर्ने बिषय समेटिएका छन् ।
ʽट्रेड मिसन’ लाई प्रभावकारी बनाउन द्धिपक्षीय व्यापारिक प्रतिनिधी मण्डलको आदान⁄प्रदान, अन्तरराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनलाई पनि समझदारीपत्रमा समेटिएको छ ।