साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने |
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यता, मूल्य संवेदनशील सूचना प्रवाहमा लापरवाही र ढिलासुस्ती गरेको भन्दै नेप्सेले साल्ट ट्रेडिङलाई २४ घण्टे स्पष्टीकरण पुर्जी काटेको छ । नेप्सेले अर्को व्यवस्था नभएसम्म साल्ट ट्रेडिङको सेयर कारोबारमा समेत रोक लगाएको छ ।