नेशनल लाइफले १३.५ र गुराँस लाइफले ८ प्रतिशत बोनस शेयर दिने |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४⁄७५ को संचित मुनाफाबाट बोनस शेयर घोषणा गरेका छन्।
बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउने क्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३.५ प्रतिशत र गुराँस लाइफले ८ प्रतिशत बोनस शेयर दिने भएका हुन्। नेशनलको ४०५ औं संचालक समितिको बैठकले चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँको १३.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो । बोनसपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्ने भएको छ । बीमा समितिले निर्देशन गरेको दुई अर्ब रुपैयाँ हकप्रदबाट जुटाइ सकेको कम्पनीले अझै पूँजी जुटाउने क्रममा बोनस शेयर दिने निर्णय गरेको हो ।
त्यस्तै गुराँसले हकप्रद घोषणा गरिसकेको भएपनि हकप्रद अघिकै पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीको बोनसपछि चुक्ता पूँजी ६१ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएपनि समयमा निष्काशन गर्न नसक्दा निष्काशन रद्ध भएको थियो । त्यसपछि कम्पनीले बोर्डमा अनुमतिको लागि निवेदन दिएको छैन । हकप्रदबाट पूँजी जुटाउने योजना बनाएको कम्पनीले हकप्रद नै निष्काशन गर्न नसक्दा दुई अर्ब रुपैयाँ जुटाउने प्रयास अवरुद्ध भएको छ ।